काठमाडौं। नेपाली कांग्रेसको १६ जिल्लामा रोकिएको जिल्ला अधिवेशन यही पुस २७ गते हुने भएको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले सोमबार बसेको बैठकले अधिवेशन हुन बाँकी जिल्लाहरुको अधिवेशन पुस २७ मा सम्पन्न गर्ने निर्णय गरेको हो।
केन्द्रीय निर्वाचन समितिले प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको छ। कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन सम्पन्न भइसके पनि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर लगायत जिल्लामा अधिवेशन हुन सकेको छैन।