कंचनपुर। कंचनपुरको कृष्णपुर नगरपालिकामा नेपाल परिवार दलको नगर कमिटी अध्यक्षमा खगेन्द्र नेपाली चयन भएका छन् ।
आईतबार भएको नेपाल परिवार दल कंचनपुरको कृष्णपुर नगरपालिकामा पुनः नगर कमिटीको अध्यक्षतामा खगेन्द्र नेपाली चयन भएका हुन्। नेपालीको अध्यक्षतामा ४४ सदस्यीय नगर कमिटी गठन गरिएको छ।
नगर कमिटी चयन कार्यक्रममा प्रमुख अतिथि पार्टीका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, विशिष्ट अतिथि केन्द्रीय सदस्य शंकर राज ढकाल, जिल्ला अध्यक्ष बिशाल चौधरी, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु,पिस फोर्सका जिल्ला उपाध्यक्ष रितिक आचार्य, पार्टीका पिस फोर्सका सचिव शहदेब भट्ट, युवा नेता प्रेम परियार, समाजसेवी कमल नेपाली लगायत सोही क्षेत्रका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
कृष्णपुर नगरपालिकामा पुनः नगर कमिटीको अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा ४४ सदस्यीय गठन गरिएको छ। जसको उपाध्यक्षमा उज्ज्वल ताम्राकार, सचिवमा हरि आउजी, कोषाध्यक्षमा आशा परियार चयन भएका छन् । यस्तै सदस्यहरुमा रमेश परियार, श्याम ताम्राकार,आयुशा बिक,सरु नेपाली, चन्द्रकान्ता नेपाली,संगिता सुनार,,रबि नेपाली, सुशील जैरु,सेर नेपाली, तुलाराम नेपाली,पर्वती कैनि लगायत चयन भएका छन् ।