कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेपाल परिवार दलको नगर कमिटी चयन गरिएको छ। शनिवार नेपाल परिवार दल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पुनः नगर कमिटीको अध्यक्षमा उद्दब राज अवस्थी चयन भएका हुन् ।
शुक्लाफाँटा नगरपालिकामा नेपाल परिवार दलको नगर कमिटीको अध्यक्षमा अवस्थी सहित ४० सदस्यीय नगर कमिटी गठन गरिएको सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले जानकारी दिए। नगर कमिटी चयन कार्यक्रमका प्रमुख अतिथि पार्टीका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी रहेका थिए।
यस्तै विशिष्ट अतिथि केन्द्रीय सदस्य शंकर राज ढकाल, जिल्ला अध्यक्ष बिशाल चौधरी, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, पिस फोर्सका जिल्ला उपाध्यक्ष रितिक आचार्य, पार्टीका पिस फोर्सका सचिव शहदेब भट्ट, युवा नेता प्रेम परियार, समाजसेवी कमल नेपाली लगायत शुक्लाफाँटा नगरपालिका क्षेत्रका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।
४० सदस्यीय नगर कमिटीको अध्यक्षमा उद्दब राज अवस्थी उपाध्यक्षमा मिना देबि बिष्ट,सचिव कलशा भट्ट, कोषाध्यक्ष पुजा चौधरी चयन भएका छन्। यस्तै सदस्यमा जयराज ऐर, माया भट्ट, कलावती डगौरा, गायत्री बम, जानकी बोहरा, तारा देबि दमाई, स्सुरेन्द्र चन्द, माया डगौरा, निर्मला चन्द लुहार,माया चन्द, राधिका चौधरी लगायत रहेका छन् ।


