कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरोहिरोईन सहित १ जना पक्राउ परेका छन्। संघिय लागु औषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुर बस्ने वर्ष २८ का जितेन्द्र बिष्टलाई पक्राउ गरेको हो।
बेदकोट नगरपालीका १० हरिपाल नजिकै पैदल हिन्दै गरेका बिष्टलाई शंका लागी चेक जाँच गर्दा उनको साथबाट नगद ७ हजार र कालो प्लाष्टिकभित्र लुकाई छिपाई राखेको १.०२ ग्राम लागुऔषध खैरो हिरोइन फेला परेको प्रहरीले बताएको छ। प्रहरीले निजलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जनाएको छ।


