धनगढी। नेकपा एमालेले सुदूरपश्चिमका नेताहरुको बरियता क्रम तोकिएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले नेताहरुको बरियतक्रम तोकेको हो।
केन्द्रमा १४ औं नम्बरमा रहेका पार्टी सचिव लेखराज भट्टको बरियताक्रम सुदूरपश्चिममा भने पहिलो नम्बरमा छ । दोस्रो नम्बरमा कर्णबहादुर थापा छन् । उहाँको केन्द्रमा बरियता क्रम ४० औं नम्बरमा छ । सुदूरपश्चिममा तेस्रो नम्बरमा रहेका राजेन्द्रसिंह रावलको बरियता क्रम केन्द्रमा ६९ औं नम्बरमा छ।
यसैगरी केन्द्रमा ७० औं नम्बरमा रहेका नारदमुनि रानाको बरियता सुदूरपश्चिममा चौथो नम्बरमा छ। सुदूरपश्चिममा पाचौं नम्बरमा रहेका गणेशसिंह ठगुन्नाको बरियता केन्द्रमा ७८ औं नम्बरमा छ । केन्द्रमा ८६ नम्बरमा रहेकी गौरी ओलीको बरियता सुदूरपश्चिममा भने छैठौं नम्बरमा छ। यसैगरी सुदूरपश्चिममा सातौं नम्बरमा रहेकी निरुदेबी पालको बरियता क्रम केन्द्रमा ८७ नम्बरमा छ। केन्द्रमा ८९ औं नम्बरमा रहेकी लिला भण्डारीको बरियता क्रम सुदूरपश्चिममा आठौं नम्बरमा छ।


