धनगढी। कैलालीको लालपुरमा ट्रक पल्टिएको छ । वीरगञ्जबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ६ ख २८६९ नम्बरको ट्रक आज बिहान गोदावरी नगरपालिका ६ लालपुरमा आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा परि सह चालक घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार घाईते हुनेमा डोटीको जोरायल गाउँपालिका ४ का १८ वर्षीय खेम बोहरा रहेका छन् । ट्रक आफै अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । घाइते बोहराको अत्तरियाको पदमा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।


