कैलाली। कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । कैलालीका अर्जुन र भुपेन्द्र हत्याको बिरुद्धमा पीडितहरुले लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन्।
लम्कीका भूपेन्द्र बडुवालको कार्तिक २३ गते टीकापुरमा र अमरावतीका अर्जुन दासको पुस ३ गते अमरावती सामुदायिक बनमा गरिएको हत्याको बिरुद्धमा अरोपीहरुलाई पक्राउका लागि दबाबका लागि राजमार्ग अवरुद्ध पारेका छन्। अर्जुन दासको हत्याको बिरुद्ध संघर्ष समितिका संयोजक ललित परियारले राजमार्ग साँझ ४ बजे सम्मका लागि अवरुद्ध गरिने जानकारी दिएका छन्।हत्या गरिएका अर्जुन दास र भूपेन्द्र बडुवालका आरोपीहरुलाई पक्राउका लागि आफ्न्तहरु निरन्तर आन्दोलनमा छन् । अर्जुन दासको हत्याको बिरुद्ध संघर्ष समितिले अपराधीहरुलाई तत्काल पक्राउ गरि कडा सजाय, मृतकका बालबालिकालाई उचित क्षतिपूर्तिको व्यवस्था, पीडित बालबालिकाई उच्च शिक्षाको ग्यारेण्टी, पीडित परिवारलाई सुरक्षाको ग्यारेन्टी, वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष र प्रदेश सासंदले गरेको मौखित प्रतिद्धता लिखित सहित कार्यान्वयन गनुपर्ने लगायतका माग राखेका छन् ।मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका थिए।
संघर्ष समितिका संयोजक ललित परियारले बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरेका थिए। हिजो स्थानीय सरकारलाई दबाबो र सोका लागि जानकी गाउँपालिकाका सबै सरकारी कार्यालय बन्द गर्ने र आज शुक्रवार भुपेन्द्र बडुवाल र अर्जुन दासको न्यायका लागि कैलालीको लम्की क्षेत्रमा पर्ने पुर्वपश्चिम राजमार्ग र बजार दिन भरि बन्द गर्ने संघर्ष समितिले जानकारी दिएको छ। पौष ३ गते शनिवार जानकी गाउँपालिका वडा नं.९ मा रहेको स्थानीय अमरावती सामुदायिक बनमा हात खुट्टा पछाडी बाधेर नग्न बनाई शरिर बाट टाउको अलग गरेर हत्या गरेको अवस्थामा अर्जुन दासको शब फेला परेको थियो ।