अछाम । नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितीको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाको अध्इक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
प्रदेश अध्यक्षमा ढुंगाना र्निविरोध चयन भएको निर्वाचन समिती संयोजक लाल बहादुर धामीले बताए। यस्तै अधिबेशनबाट अन्य कार्य समिती समेत र्निविरोध चयन भएको छ । जसमा उपाध्यक्ष जानकी पराजुली कैलाली, सचिवमा अशोक कुमार जोशी बाजुरा, कोषाध्यक्षमा महेश प्रसाद बिष्ट दार्चुला, सहसचिवमा धनराज मिश्र बझांग रहेका छन्। यस्तै सदस्यमा अञ्जु भट्ट कैलाली, नृपराज डगौँरा कञ्चनपुर, देचिन्द्र थापा बझांग, लालमणी जोशी बैतडी, प्रकाश बहादुर देउवा डोटी र संजय बहादुर चन्द बैतडी र्निविरोध चयन भएका हुन् ।


