धनगढी । धनगढीमा स्रोत नखुलेको सवा १८ लाखसहित एकजना पक्राउ परेका छन् । गौरिफन्टा नाका हुँदै धनगढी तर्फ आउँदै गरेका भारतको उत्तरप्रदेश लखिमपुर खिरी बस्ने २७ वर्षीय नीरजकुमार राजपूतलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।
उनले लगाएको ज्याकेट भित्र लुकाई छिपाई गरी ल्याउदैँ गरेको अवस्थामा १८ लाख २७ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उनीसँग नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी रकम भएको र सो रकमको सही रुपमा कुनै किसिमको उदघोषण नगरी नेपाल ल्याएको देखिएको हुँदा पक्राउ गरिएको गरिएको उनले बताए ।
सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४ को दफा २९ ९क० को कसुरमा दफा २९ ९ख० को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने कारवाहीका लागी बरामदी नगदका साथ आवश्यक कारवाहीका लागी उनलाई कैलाली भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ ।


