कंचनपुर। नेपाल परिवार दल कञ्चनपुर वेलडाडीमा विर बहादुर रावलको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ।
आज नेपाल परिवार दल कंचनपुर जिल्लाको वेलडाडीमा रावलको अध्यक्षता सहित ४१ सदस्यीय वेलडाडी गाउँपालिका कमिटी गठन गरिएको सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरीले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी, बिशिस्ट अथिति केन्द्रीय सदस्य शंकर राज ढकाल, कंचनपुरका युवा नेता प्रेम परियार, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू, पिस फोर्सका कैलाली जिल्ला उपाध्यक्ष रितिक आचार्य सहितको उपस्थित रहेको थियो।यसै गरी अध्यक्षमा वीर बहादुर रावल, उपाध्यक्षमा इस्वरी उखेडा, राजमति राना,सचिवमा हिक्मत राना, सह- सचिवमा सुरेश उखेडा, कोषाध्यक्षमा निरज कठायत, राजेन्द्र राना, जय राना, हेमरा राना, मेघनाथ राना, देब सिह चाैधरी, राम कृष्ण चाैधरी,पुरन चाैधरी,भगिरत चाैधरी, जय ब. कामी,सेर बहादुर नेपाली,चन्द्र टमटा,बसन्त उखेडा,जनम राना, फुलकुमारी राना छन् । यस्तै अन्य सदस्यहरु रहेका छन् ।