धनगढी। नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पदीय मर्यादा बिर्सिएको बताएका छन्। मंगलबार गेटा बिमानस्थमा आयोजित पत्रकार सम्मेलनमा उनले
मंगलबार गेटा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले सभामुख सापकोटाले आफ्नो भुमिका बिर्सिएको र पार्टीको दूतको रूपमा काम गरिरहेको आरोप लगाएका हुन्।संसदमा एमाले गरिरहेको बिरोधको बारेमा पत्रकारहरु सोधेको प्रश्नमा परमादेशबाट आएको सरकारले अहिलेको गतिरोध रोक्न नसक्ने बताए। सभामुख सापकोटाको त्यही भूमिकाका कारण एमालेले विरोध जारी राखेको बताए।
‘सभामुख सभामुख भएका छैनन्, उनी पार्टीका दूत भएर आएका छन्,’ सचिव भट्टले भने, ‘सदन कसरी चलाउनु पर्छ भन्ने उनलाई ज्ञान नै छैन । सदनलाई कसरी अगाडि बढाउने, संसदीय मर्यादा कसरी राख्नु पर्छ भन्ने उनलाई ज्ञान नै छैन। भट्टले परमादेशबाट आएको सरकारले जे गर्नु पर्थ्यो, त्यही गरिरहेको बताए । उनले यो सरकारबाट नागरिकलाई धेरै अपेक्षा नरहेको समेत दाबी गरे । भट्टले एमसिसीको बारेमा एमाले पार्टीभित्र कुनै दुबिधा नरहेको प्रष्ट पारे। ‘पहिले त सरकारले सदनमा यो बिषय ल्याउनुपर्यो, अनि के गर्ने भन्ने हुन्छ,’ भट्टले भने, ‘गठबन्धनवाला सरकारले हामीसँग बहुमत छ भन्दै छ, टेबुल गरे हुन्छ त।
हाम्रो त सहयोग चाहिन्छ भनेकै छैन।’’देशका बुद्धिजीवी, राजनीतिक विश्लेषकले पनि परमादेशबाट आएको सरकारले अध्यादेशबाट पार्टी फुटाएको भन्दै आएको उनले बताए। अध्यादेशबाट पार्टी फुटाउने संस्कारले लोकतन्त्रलाई अघि बढ्न मद्दत नगर्ने उनले बताए। परमादेशबाट आएको सरकार र गठबन्धनबाट धेरै अपेक्षा गर्न नसकिने उनको भनाइ छ। भट्टले सरकारले एमसिसी सदनमा टेबुल गरेपछि आफ्नो पार्टीले के गर्छ भन्ने निर्णय गर्ने बताए। उनले पार्टी अध्यक्ष केपी ओलीले सदनमा बोलेको कुरालाई उद्धृत गर्दै सत्ता गठबन्धनसँग १६५ मत रहेको र त्यो बहुमतबाट पास हुने भएकाले एमसिसी टेबल गर्नु सुझाव दिए।त्यसपछि एमालेले के गर्छ भन्ने निर्णय गर्ने उनले बताए।


