कञ्चनपुर। कञ्चनपुरको वेलडाडीका ४० परिवारलाई खाद्यान्न तथा राहत वितरण गरिएको छ। मंगलबार मात्रै बैतडीको पुर्चौडीका पिडीत ४० परिवारलाई खाद्यान्न तथा राहत वितरण गरेको नेपाल परिवार दल तथा टीजुची फाउण्डेशनले आज कञ्चनपुर वेलडांडी वडा न ३ का ४० परिवारलाई खाद्यान्न तथा राहत वितरण गरेको हो।
खाद्यान्न तथा राहत वितरण नेपाल परिवार दलको युवा नेता खडक नागरी,कञ्चनपुरका परिवार दल पार्टीका युवा नेता प्रेम परियार र वीर बहादुर रावलको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा वेलडाडी ३ का ४० परिवारलाई २५ केजि चामाल १० केजि ज्ञान आटा मसुरको दाल, चिनि, चना,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको हो।
विकट ठाउँमा राहत लिएर गएका पार्टीका नेता खडक नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिएका छन् । साथै युवानेता नागरीलाइ यश क्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने र अझै पनि थप यस्ता राहत ल्याउन आशा ब्यक्त गरेका छन् । खाद्यान्न तथा राहत वितरण कार्यक्रममा युवा नेता नागरीले आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।


