काठमाडौं। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने भएका छन् । पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेनलमा विभिन्न क्षेत्रबाट ती प्रतिनिधि चयन भएर आउने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
उनकाअनुसार प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । सबैभन्दा धेरै प्रतिनिधि वागमतीबाट हुने छन् भने सबैभन्दा कम प्रवासबाट हुने छन् । सम्मेलनमा आयोजकबाट १७९, सल्लाहकारबाट १४९, ज्येष्ट कम्युनिष्ट सदस्यबाट १२५, पार्टीको आयोगबाट ७५, केन्द्रीय विभागबाट १०२, केन्द्रीय प्रतिनिधि २७, प्रदेश प्रतिनिधि ९०८ र पाँच प्रतिशत मनोनीतबाट ७३ जना गरी एक हजार ५३३ जना सहभागी हुने प्रवक्ता महराले जानकारी दिए ।
राष्ट्रिय सम्मेलनबाट ११–१३ पुससम्मका लागि तोकिए पनि एक दुई दिन लम्बिन सक्ने जानकारी दिँदै उनले सम्मेलनको तयारी भइसकेको बताए।यस्तै, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा पाहुना नबोलाउने भएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा हुने लागेको सम्मेलनमा अन्य दलहरुलाई नबोलाउने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । यस्तो छ प्रतिनिधित्व विवरण-,प्रदेश १ बाट ९६ जना प्रतिनिधि,प्रदेश २ बाट १०६ जना,वागमती प्रदेश-१२८, गण्डकी प्रदेश-७५,लुम्बिनी-१०५, कर्णाली-८७, सुदूरपश्चिम- ८४ जना प्रतिनिधि, प्रवास प्रदेश-३४, विशेष प्रदेश-४२, सम्पर्क समन्वय- ४३ प्रतिनिधि सहभागी हुने भएका छन्।



