धनगढी। नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट खुला दुई केन्द्रीय सदस्यमा डा.रणबहादुर रावल र यज्ञराज जोशी विजयी भएका छन्। सभापति शेरबहादुर देउवा प्यानल बने रावल र जोशी दुबै जना विजयी भएका हुन्।
४६७७ मत खसेकोमा रावलले २६६९ मत ल्याएका छन् छने जोशीले २०४४ मत पाएका छन् । यस्तै शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका भरतबहादुर खड्काले १८०६,दिवानसिंह विष्ट १७१२, पुष्करराज ओझा ४५०, गणेशराज भट्ट ४२२ मत ल्याएका छन् ।


