काठमाण्डौँ। नेपाली काङग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको केन्द्रीय सदस्यको निर्वाचनमा नेपाली काङग्रेसका प्रभावशाली नेता डा.गोपाल दहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन।
पुर्व भुमिसुधार मन्त्री समेत रहेका दहितले १७१० मत ल्याउदै निर्वाचित भएका हुन। उनले नेपाली काङग्रेसलाई चलायमान बनाउन तथा काङग्रेसलाइ जनताको पाटी बनाउनका लागी आफनो पहल रहने बताएका छन। साथै डा.दहितले शसक्त र प्रभावकारी काङग्रेस बनाउन पार्टी सुदृढीकरणका लागी आफु लागी रहने बताए ।
नेपाली काङग्रेसका बौद्धिक नेताको छबि बनाएका नेता दहित एक इमान्दार बैचारिक बहस गर्ने तथा थारु अगुवा समेत मानिनुहुन्छ। सानै देखि हक्की निडर तथा समाजसेवी भावना भएका दहित नेपाली काङग्रेस संग तत्कालिन समयमा बिजय कुमार गच्छेदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक संग एकता पश्चात नेपाली काङग्रेसको केन्द्रीय सदस्य भएका थिए ।
यस्तै नेपाली काङग्रेसको १४ औं महाधिवेशनमा खुल्ला तर्फ ३५ जना केन्द्रीय सदस्यका लागी भएको निर्वाचनमा पुर्व महामन्त्री शशांक कोइरालाले सर्वाधिक ३८३६ मत सहित पहिलो र युवा नेता एन पी साउदले २९३७ मत ल्याएका छन्। पुर्व मन्त्री दहितले नेपाली काङग्रेसको केन्द्रीय सदस्यमा आफनो अमुल्य मत सहित बिजय गराइ दिनु हुने सम्पुर्ण मतदातालाई धन्यवाद समेत दिएका छन् ।