कञ्चनपुर। कञ्चनपुरमा फरक–फरक मुद्धाका फरार २ कसुरदारलाई पक्राउ परेका छन् । “चोरी मुद्धा” का कसुरदार कञ्चनपुर दैजी वडा नं.५ बस्ने ज्ञानु भन्ने ज्ञानेन्द्र बमलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले पक्राउ गरेको हो।
कञ्चनपुर जिल्ला अदालतको मिति २०५६ मंसिर ९ गतेको फैसलाले १ महिना १५ दिन कैद सजाय ठहर भई फरार रहेका थिए। प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएकोमा अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानकोलागी कारागार चलान गरिएको छ।
यस्तै “ज्यान सम्बन्धी कसुर मुद्धा”का कसुरदार कञ्चनपुर भीमदत्त नगरपालिकाका ३ बस्ने बर्ष २७ को प्रकाश पन्तलाई पक्राउ गरिएको छ। कञ्चनपुर जिल्ला अदालतको मिति २०७६ असार २९ गतेको फैसलाले ५ बर्ष कैद र रु ५० हजार जरिवाना ठहर भई फरार रहेका थिए । प्रहरी टोलीले निजकै घर ठेगाना नजिकबाट पक्राउ गरी आज कञ्चनपुर जिल्ला अदालतमा पेश गरीएकोमा सम्मानित अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।