काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुलातर्फका ३५ जना केन्द्रीय सदस्यका लागि मतगणना जारी छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा भइरहेको मतगणनामा अहिले ३५ पदका लागि ९९ जनाबीच प्रतिस्पर्धा भइरहेको छ।
हालसम्म २३९३ मत गणना हुँदा निवर्तमान महामन्त्री डा। शशांक कोइराला १९७१ मतसहित पहिलो नम्बरमा छन् । उनले लगभग सुरुदेखि नै अग्रता लिइराखेका छन् । यस्तै, १५३८ मतसहित एनपी साउद दोस्रो नम्बरमा छन् भने १५०७ मतसहित बालकृष्ण खाण तेस्रो नम्बरमा छन् ।
यस्तै, चौंथोमा रमेश लेखक र पाचौंमा उदयशमशेर राणा छन्। लेखकको १४५२ तथा राणाको १४४५ मत छ । यसैगरी, शंकर भण्डारी छैंटौ स्थानमा छन् । उनले १४३७ मत ल्याएका छन् भने सातौं नम्बरमा रहेका ज्ञानेन्द्रबहादुर कार्कीले १४२३ मत ल्याएका छन् । त्यस्तै, सूचीको आठौं नंम्बरमा रामहरि खतिवडा छन् । उनले १३९५ मत ल्याएका छन्। साथै, अर्जुननरसिंह केसी १० औं स्थानमा छन्। उनले १३८३ मत ल्याएका छन्। १० औं स्थानमा रहेका गोपालमान श्रष्ठले १३२३ मत ल्याएका छन् ।


