काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ ३५ जना) को शनिबार राति ९ बजेसम्ममा १ हजार ५८९ मतगणना भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले उपलब्ध गराएको विवरण अनुसार १३ सय १३ मतसहित अग्रस्थानमा रहेका छन्।
९९ उम्मेदवारमध्ये सबभन्दा कम प्रविन वनको ४२ रहेको छ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । विभिन्न १२ वटा समूहमा मतगणना भइरहेको सचिव शर्माले बताए । पार्टीका सबै पदाधिकारीको मतगणना शुक्रबार सम्पन्न भएको थियो।
१४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन्।सुचिसहित हेर्नुहोस यहाँ 


