धनगढी। कैलालीमा लागुऔषध खैरो हिरोईन र सहित दुई जना पक्राउ गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटीएको प्रहरी टोलीले धनगढी उप–महानगरपालीका वडा नम्बर–२ मिलन चोकबाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालीका वडा नम्बर ८ बस्ने १८ वर्षीय शैलेस चौधरी र सोहि ठाउँ बस्ने २४ वर्षीय संदिप श्रीवास्तबलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनीहरुमाथी संका लागी चेकजाँच गर्दा खैरो हिरोईन९ब्राउन सुगर० फेला पारी नियन्त्रणमा लिई पक्राउ गरिएको हो। उनीहरुको साथबाट ४ ग्राम ५०० मिलीग्राम खैरो हिरोईन ब्राउन सुगरफेला परेको र उनीहरुमाथी थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले बताएको छ।


