धनगढी। नेकपा एकीकृत समाजवादी कैलालीको जिल्ला अध्यक्षमा भैरवबहादुर रावल चयन भएका छन्। शनिबार धनगढीमा भएको भेलाले रावलको नेतृत्वमा सर्वसम्मतरुपमा २०१ सदस्यीय नयाँ कमिटी गठन गरेको हो।
सो कमिटीमा विमलकुमार जोशी वरिष्ठ उपाध्यक्ष, रत्ना कडायत उपाध्यक्ष, खडक रावत सचिव, वखत विष्ट, दीर्घ जोशी र प्रेमलाल चौधरी उपसचिव छानिएका छन् । पदाधिकारी र सदस्यलाई सो पार्टीका केन्द्रीय उपमहासचिव विजयकुमार पौडेलले सपथग्रहण गराएका थिए ।


