धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ ले आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई दुना टपरी बनाउँने मेसिन सहयोग गरेको छ।
वडा कार्यालयले धनगढी उपहमानगरपालिका वडा नम्बर ३ गौरीटोलका महिलाहरुको जिवनस्तरमा सुधार ल्याउँने उदेश्यले एक थान दुना टपरी बनाउँने मेसिन सहयोग गरेको हो। एक कार्यक्रमका बिच वडा नम्बर ३ का स्थानियहरु, वडाअध्यक्ष, वडा सदस्य तथा पत्रकारको सहभागितामा मेसिन सहयोग गरिएको हो।
बजारमा दुना टपरीको माग बढ्दै गएपछि उनिहरुसंग भएको एक थान मेसिनले दुना टपरी बनाउँन असहज भएपछि वडा कार्यालयले सहयोग गरेको वडा अध्यक्ष बल बहादुर ऐरले जानकारी दिए। उनले वडा कार्यालयले वडाका सवै नागरिकलाई कुनै न कुनै रुपमा आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग गदै आएको जानकारी दिए। यो मेसिन केहि समय पहिले दिन योजना वडा कार्यालयले बनाएपनि केहि प्राविधिक कारणले समस्या आउँदा ढिलाई भएको उनले बताए।
अध्यक्ष ऐरले समाजका हरेक नागरिकले जुन सुकै तालिम लिएपनि त्यो ब्यवाहरमा ल्याउँने नसक्ने परिपाटीको विकास हुँदै गर्दा वडा नम्बर ३ का महिलाहरुले त्यसको अपवादमा काम गरि देखाईरहेको बताए । वडा कार्यालयले दुना टपरी मेसिन सहयोग गरेपछि महिलाहरुपनि खुशी भएका छन् । उनिहरुले दुना टपरीका लागी बजारको खासै अभाब नभएको जानकारी दिए। अहिले वडा कार्यालयले सहयोग गरेको मेसिनले अझै बजार विस्तारमा सहयोग पुग्ने उनिहरुले अपेक्षा लिएका छन् ।