धनगढी। सुदूरपश्चिमका पर्यटकीय स्थलको प्रवर्द्धन गर्न ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८’ शुरू भएको छ। सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यका सुरु भएको सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ आज देखी पुस ५ गते सम्म सञ्चालन हुनेछ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेस्टर्न राइडरको सहकार्यमा साइकल यात्राको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन्। साइकल यात्रामा देश बिदेशका राइडरहरुको पनि सहभागिता रहेको छ।
आज शनिबार बिहान धनगढीदेखि गोदावरी, खानीडाडाँ हुदै डोटीको बुडरसम्म साइकल यात्रामा हिडको फारवेष्टर्न राइडर क्लबका अध्यक्ष भरत विक्रम शाहले बताए ।भारतको गाजियावाद, नैनीताल, बरेली र विहारका ८ जना सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८मा सहभागि रहेको उनले बताएका छन् । त्यस्तै, काठमाडौं, ललितपुर, नवलपरासी, भैरहवा, दाङ, बाँके र कञ्चनपुरबाट पनि साइकल यात्री सहभागी छन्। यात्राको अन्तिम बुडरमा साइकल दौड प्रतियोगिता गरिने उनले बताए।
डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्म ५ किलोमिटर प्रतियोगिता आयोजना गरिनेछ।साइकल रेसका विजेतालाई १५ हजार, उपविजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालको प्रयोजक रहेको छ ।साइकल यात्रामा सहभागीलाई विभिन्न गाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको जनाइएको छ ।