धनगढी। जेसीजको ४८औं राष्ट्रिय महाधिवेशनबाट धनगढी लेडि जेसिजको अध्यक्षमा निर्मला श्रेष्ठ पुनः निवाचित भएकी छन्।
नेपाल जेसीजको ४८ औं राष्ट्रिय महाधिवेशन पुषको १ गतेदेखि ४ गतेसम्म पोखरामा भैइरहेको ४८औं महासभाबाट धनगढी लेडि जेसिजको आधिकारिक अध्यक्षमा जेसि निर्मला श्रेष्ठ नै निवाचित भएकी हुन्।
शान्त स्वभाव र प्रष्ट बक्ता अध्यक्ष जेसि श्रेष्ठले समाज र राष्ट्रको विकास हुने कार्यमा युवाहरुलाई सिर्जनशील, सीपयुक्त, सक्षम, उद्यमी र जिम्मेवार बनाउन सक्रियता देखाउँदै आएकी छिन् । महाधिवेशनले जेसिजलाई सन् २०२२ का लागि नयाँ नेतृत्व जनाईएको छ।
जेसिज १८ देखि ४० वर्ष उमेरका युवाहरूको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो। महाधिवेशनबाट राष्ट्रिय अध्यक्ष एक जना, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष चार जना र राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित हुनेछन् । अन्य पदाधिकारी नवनिर्वाचित राष्ट्रिय अध्यक्षले मनोनीत गर्ने व्यवस्था छ। महाधिवेशनमा देशभरका १ सय ६१ शाखाका १३ सय जना अध्यक्ष र प्रतिनिधिसहित संस्थासँग आबद्ध करिब ३५ सय जना सहभागी भएका जेसिजले जनाएको छ ।


