कञ्चनपुर। कञ्चनपुरको भिमदत्त नगरपालिका वडा न १३ दोधरा चादनीमा र शुक्लाफाटा ४ मा बाढीपीडित तथा गरीबलाई राहात बितरण गरिएको छ।
नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहलमा र टीजुची फाउण्डेशनको सहयोगमा भिमदत्त नगरपालिका वडा न १३ दोधरा चादनी र शुक्लाफाटा नगरपालिका वडा ४ का बाढीपीडित तथा आर्थिक अवस्था निकै कमजोर भएका १०० जना लाई खाद्यान्न तथा राहात बितरण गरिएको हो । आर्थिक एकदमै अवस्था कमजोर भएका १०० जना गरिब एकल महिला हरुलाइ २५ केजि जिरा मसिनो चामाल १० केजि ज्ञान आटा मसुरको दाल , चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरियो कार्यक्रम राहत वितरण गरिएको नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खडक नागरीले जानकारी दिए । खाद्यान्न तथा राहात बितरण गर्नेमा नेपाल परिवार दलका सयोजक खडक नागरी, बेलाडाडीका युवा नेता प्रेम परियार, मिडियाको तर्फबाट रमा चन्द, पिस फोर्सको जिल्ला सचिव शहदेब भट्ट, समाजसेवी अनिशा शर्मा, सोही ठाउँका समाजसेवी तथा खेलाडी रमेश कुमाल लगायतको सहभागीता थियो ।
सोही ठाउँको स्थानीय बासिन्दाले टीजुची फाउण्डेशन र नेपाल परिवार दल पार्टीलाई धन्यवाद दिएका छन् । यस्तै थप राहतको आशा गर्दै पार्टीका सयोजक नागरीले दुखि गरिबीहरुलाइ सधै सक्दो सहयोग गर्ने आस्वासन दिएका छन् ।