काठमाण्डौँ। अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन अघि बढाउने विषयमा सत्तारुढ दलहरु सक्रिय भएपछि फेरि एक पटक राजनीति तरंगित भएको छ। नेकपा एमालेका सांसद झपटबहादुर रावलले महाकाली बेच्नेहरु नै अहिले एमसीसी ल्याउन दलाली गरिरहेको बताएका छन्।
एमाले नेता रावलले सन्धिका नाममा महाकाली बेच्नेहरु नै अहिले एमसीसी ल्याउन मरिहत्ते गरेर लागेको पनि टिप्पणी गरे। एमाले नेता रावलले एमसीसीभित्रको रणनीतिक योजनाको तथ्य लुकाएर विकास परियोजनाका नाममा प्रचार गर्न थालिएको दाबी गरेका छन्। एमसीसीभित्र रणनितिक योजना रहेको तथ्य लुकाएर विकास परियोजना भन्दै एकोहोरो प्रचारमा लाग्नेहरू असलमा दलाल हुन्, उनले भनेका छन्, महाकाली बेच्दा पनि दलालहरूले अनेकौ दलिल पेस गरेका थिए।
सन्धिका नाममा महाकाली बेचियो। संसदको यसै सिजनमा एमसीसी पेश गर्ने तयारी भइरहेका बेला सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले विरोधमा स्वर निकाल्न थालेका छन्। महाकाली बेच्नेहरु नै अहिले एमसीसीका लागि दलालीमा उत्रिएको उनले बताए। अहिले दलालहरू विकास परियोजनाको आवरणमा एमसीसीमार्फत देशलाई रणमैदान बनाउन चाहिरहेका छन्, उनले भनेका छन्, दलालहरूको अभिष्ट पूरा हुन नदिन देशभक्त सचेत नागरिकहरू एकताबद्ध हुन जरूरी छ। संसदको यसै सिजनमा एमसीसी पेश गर्ने तयारी भइरहेका बेला सत्तारुढ र प्रतिपक्षी दलका नेताहरुले विरोधमा स्वर निकाल्न थालेका छन्।


