अछाम। नेकपा एमालेका पुर्व उपाध्यक्ष डाक्टर भिम रावलले ओलि नेतृत्वको पार्टी पत्तिको परिक्षाको दिन सुरु भए बताएका छन् ।
अछाम सदरमुकाम मंगलसेनमा प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले हालै मात्रै पार्टीको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व आएकाले ओलि नेतृत्वको पार्टी पत्तिको परिक्षाको दिन सुरु भएको बताएका हुन् । यस्तै पार्टि भित्रको विधि पद्धति प्रति संकेत गर्दै पार्टि भित्रको अराजकता अन्त्य हुनुपर्ने बताएका छन्।
नेता रावलले देशको हितका लागि अझै पनि कम्युनिस्टहरु एक ढिक्का भएर अघि बढनु पर्ने बताए । टुट फुटले कुनै पनि पार्टीलाई फाईदा नहुने र राजनितीक दलमा आउने फुटले राजिनितिक अस्थिरता र बाह्य देशको हस्तक्षेप बढ्दै जाने बताए । कम्युनिस्ट आन्दोलन टुट फुट गराउने कतिपय ब्यक्ति जिम्मेवार भएकाले सबैले सोच्नुपर्ने बेला आएको बताउँदै २०५४ सालमा पार्टी फुटदा पीडा नेकपा एमालेले भोगेकाले आफू फुटको पक्षमा नरहेको स्पष्ट पारे।
उनले प्रतिनिधि सभा संसद र राष्ट्रिय सभाको ससंद अबरुद्ध को विषयमा बोल्दै नेता रावलले नियमित चल्नु पर्नेमा जोड दिए । सरकारका नियमित कामकारबाही चलिरहने सदन अबरुद्ध गर्नुको कुनै अर्थ छैन्, सदन अबरुद्ध गर्नु यतिबेला कुनै षड्यन्त्रको खेल भईरहेको छ,उनले भने । प्रेस चौतारी अछामका उपाध्यक्ष एकेन्द्र महताको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो ।

