धनगढी। कैलालीको धनगढीमा एक बालिका मृत अवस्थामा फेला परेकी छन । कैलालीको धनगढी उपमहानगरपालिका- ३ की १५ वर्षिया लक्ष्मी धामी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।
बिहिबार साँझ करिब साढे ५ बजेको समयमा उनि आफ्नै घरमा कोठाको ढोकामा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले उनी डिप्रेशनको बिरामी रहेकी र औषधी सेवन गर्दै आईरहेको बुझिन आएको जानकारी दिए ।


