काठमाडौ। नेपाली काँग्रेस सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार विजयी भएका छन्। मानबहादुर विश्वकर्मालाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
अन्तिम मत परिणाम आउन भने बाँकी छ। परियार शेखर कोइराला समूहका हुन् भने विश्वकर्मा शेरबहादुर देउवा समूहबाट उम्मेदवार भएका थिए।


