काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सह महामन्त्रीको मतगणना जारी रहेको छ।
आदिवासी जनजाति तर्फको सह–महामन्त्रीको ८९९ मत गनिसक्दा विकास लामाले ३५७ मत तथा भीष्मराज आङ्देम्बेले ५१८ मत प्राप्त गरेका छन् । लामा शेखर कोइराला प्यानलबाट उम्मेदवार भएका थिए भने आङ्देम्बेलाई देउवा प्यानलले अगाडि सारेको थियो ।
देउवा प्यानलकी उपाध्यायको अग्रता-नेपाली काँग्रेसको सहमहामन्त्री महिलातर्फ महालक्ष्मी डीना उपाध्यायले अग्रता लिएकी छन् । विहीबार पार्टी कार्यालय सानेपामा १५०४ मत गणना हुँदा उपाध्यायले ८०३ मत ल्याएकी छन् भने कमला पन्तले ६८३ मत पाएकी छन् । उपाध्याय शेरबहादुर देउवा प्यानलकी उम्मेदवार हुने भने पन्त शेखर कोइराला प्यानलबाट चुनाव लडेकी थिइन् ।
विश्वकर्मा र जीवन परियारबीच कडा-नेपाली काँग्रेसको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा र जीवन परियारबीच कडा टक्कर देखिएको छ । १७ सय ८० मत गणना हुँदा विश्वकर्माले ७ मत अग्रता लिएका हुन्। परियारले ८३१ मत ल्याएका छन् भने मानबहादुर विश्वकर्माले ८३९ मत पाएका छन् । यस्तै गंगा सुनारले ७० मत ल्याएकी छन्। परियार शेखर कोइराला प्यानलका सहमहामन्त्रीका उम्मेदवार हुन् भने विश्वकर्मा शेरबहादुर समूहबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । सुनुवार भने स्वतन्त्र उम्मेदवार हुन् ।