कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा लागुऔषध खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय बेलौरी र प्रहरी चौकी पचुईबाट खटिएको सँयुक्त प्रहरी गस्ती टोलिले आज दिउँसो साढे २ बजे कञ्चनपुरको बेलौरी ८ कालोपुलबाट लागुऔषध खैरो हिरोईन सहित १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका १३ मोहनपुर श्रीलंका बस्ने २८ बर्षिय लक्ष्मण सिंह धामी रहेका छन् । प्रहरी गस्ती टोलिले धामीलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट कालो प्लाष्टिक भित्र पोकामा राखिएको ९.६० ग्राम लागुऔषध खैरो हिरोईन बरामद गरिएको हो। लागुऔषध खैरो हिरोईन सहीत उनलाई पक्राउगरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


