दार्चुला । विहीबार दिउँसो दार्चुलामा भूकम्प गएको छ । दार्चुला लगायत आसपासका क्षेत्रमा विहीबार दिउँसो २ बजेर २० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारतको उत्तराखण्ड प्रदेशमा पर्ने कनाल गाउँमा केन्द्र बिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको हो ।
दार्चुला लगायत आसपासका क्षेत्रमा भुकम्पको ठुलै धक्का महसुस गरिएको थियो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


