काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको जारी मतगणनामा गगन थापा र विश्वप्रकाशको अग्रता जारी रहेको छ । १४९५ मतको गणना सकिँदा गगन ९५५ मतका साथ पहिलो स्थानमा छन् ।
विश्वप्रकाले ६६० मत ल्याएर दोस्रो स्थानमा आफूलाई सुरक्षित राखेका छन् । संस्थापन पक्षका दुई उम्मेदवार प्रदीप पौडेल र प्रकाशशरण महत क्रमशस् तेस्रो र चौथो स्थानमा छन् । महतले ४९१ र पौडेलले ४४९ मत ल्याएका छन् । मिनेन्द्र रिजालको २७५ मत आएको छ ।


