काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ।
हालसम्म ९०० मतगणना सकिएको छ । गगनकुमार थापाले ५५९ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले पछ्याइरहेका छन् । दोस्रो स्थानमा रहेका उनको ३५७ मत आएको छ ।पछिल्लो नतिजा यसप्रकार छ ।
गगन थापा – 559
प्रकाश् सरण महत – 297
प्रदिप पौडेल – 300
मिनेन्द्र रिजाल – 153
विश्व प्रकाश शर्मा – 357