काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना सुरू भएको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा अहिले साढे १० बजेबाट मतगणना सुरु भएको हो ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार १०० मत गन्दा गगन थापाले सर्वाधिक ७० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा ३४ मतका साथ दोस्रो स्थानमा छन् । यस्तै प्रकाश शरण महत ३१ मतका तेस्रो र प्रदीप पौडेल २७ मतका चौथो स्थानमा छन्।
यस्तै राजाराम कार्कीले ४ मत ल्याएका छन् । महामन्त्रीमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, प्रकाशशरण महत र राजाराम कार्की प्रतिस्पर्धामा छन् । सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको छ । कांग्रेसमा यसपटक सभापतिसहित १३४ पदमा निर्वाचन भएको छ ।