काठमाडौं। नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ।
सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्याइएको थियो । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन्। महेश आचार्य भने स्वतन्त्र उठेका छन् । हालसम्म १२०० मत गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४८५ मत, पूर्णबहादुर खड्काले ४९० मत, चन्द्र भण्डरीले ४५० मत र धनराज गुरुङले ५०२ मत प्राप्त गरेका छन् ।


