धनगढी। कैलालीमा बस र स्कारपियो एक आपसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका ३ स्थित गोराङ्गेमा बस र स्कारपियो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा २७ जना घाइते भएका हुन्।
काठमाण्डौँबाट महेन्द्रनगर तर्फ आउँदै गरेको सुपप्र ००२-००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट पश्चिमबाट पूर्व जाँदै गरेको से १ च १५९३ नम्बरको स्कारपियो एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार स्कारपियोमा सवार चालक सहित ३ जना र बसमा सवार ३८ जना गरी जम्मा ४१ जना सवार रहेका मध्ये २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । घाइतेहरूलाई लम्की स्थित लालरत्न अस्पतालमा पठाई उपचार भइरहेको र अन्य सवार सकुशल रहेको प्रहरीले जनाएको छ । स्कारपियोमा सवार घाइते भएका चालक जिल्ला कञ्चनपुर कृष्णपुर नगरपालिका वडा न. ०६ बस्ने वर्ष ४८ को मोतीराम डगौरा, धनगढी बस्ने बाबा वर्ष ७८ को देव राज आचार्य, धनगढी बस्ने वर्ष २३ को मुकुन्द गौतम रहेका छन् ।
यस्तै बसमा सवार घाइते दार्चुला सिप्टी बस्ने वर्ष ३७ को कृष्ण धामी,दार्चुला महाकाली वडा न ०६ बस्ने वर्ष २८ को जय बहादुर पाल, कञ्चनपुर पुनर्वास नगरपालीका वडा न ४ बस्ने वर्ष ३० को अर्जुन सुनार,कञ्चनपुर दैजी बस्ने वर्ष ३१ को राम बहादुर धामी,हुम्ला नाकावली ६ बस्ने वर्ष ५४ को ग्याम्जु तामाङ,कैलाली गौरीगंगा नगरपालीका वडा न ३ बस्ने वर्ष २७ को जिवन धानुक,गौरीगंगा वडा न २ बस्ने वर्ष ३७ को शिव साउँद,कञ्चपुर पुनरवास नगरपालीका वडा न. ०९ बस्ने वर्ष ३७ को भिम नेपाली, अछाम मेल्लेख गा.पा.वडा न ८ बस्ने वर्ष २२ को उत्तम सुनार,कञ्चनपुर भिमदत्त नगरपालीका वडा न १ बस्ने वर्ष ६० को मान बहादुर सुनार, कञ्चनपुर दोधारा चाँदनी नगरपालीका वडा न। ०६ बस्ने वर्ष ४० को ऐन बहादुर ओली, बैतडी मेलौली नगरपालीका वडा न २ बस्ने वर्ष ५६ को देव दत्त भट्ट, कञ्चनपुर पुनरवास नगरपालीका वडा न। ९ बस्ने वर्ष ५१ को महाविर कुँवर,बैतडी पुर्चौडी नगरपालीका वडा न. १ बस्ने वर्ष ३० को लोकेन्द्र भण्डारी,बैतडी पुर्चौडी बस्ने वर्ष २३ को नरेन्द्र भण्डारी, बैतडी पुर्चौडी बस्ने वर्ष २८ को नरेन्द्र भण्डारी, कैलाली चौमाला ३ बस्ने वर्ष २५ को नविन थापा,कैलाली चौमाला बस्ने वर्ष ३३ को तेज बहादुर धामी,कैलाली चौमाला, बस्ने वर्ष ३७ को धन बहादुर साउँद, कञ्चनपुर बेलौरी नगरपालीका वडा न ४ बस्ने वर्ष २६ को धन बहादुर राना, बैतडी पाटन नगरपालीका वडा न. ५ बस्ने वर्ष ३२ को नरेन्द्र सिंह ठगुन्ना, दार्चुला ब्यासँ गाउँपालिका वडा न. ७ बस्नेवर्ष ५८ को उदय सिंह कुँवर, डडेल्धुरा अमरगढी नगरपालीका वडा न. २ बस्ने वर्ष ३४ को खडक थाम,चालक जिल्ला कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वडा न १२ बस्ने वर्ष ३४ को गणेश राना रहेका छन् ।


