धनगढी। कैलालीको अत्तरिया चोकमा आगलागी भएको छ । कैलालीको अत्तरियास्थीत अत्तरिया चोकमा आज बिहान ५ बजे तिर आगलागी भएको जनाइएको छ।
बिधुतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बजारका पोलमा बिधुत लगायत अन्य केवलका तारहरु एकै ठाउँमा जोडिएकाले बिधुत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। स्थानिय र नेपाल प्रहरीले नगरपालिकाको दमकल लाई खबर गरेका थिए तर दमकल भने आगलागी भएको १ घण्टा पछि पुगेको थियो ।
तर मानवीय क्षति भने भएको छैन्। आगलागी भएको ठाउमा दमकल पुगुन्जेल सम्म आगो नियन्त्रणमा आईसकेको स्थानियले बताएका छन्। आगलागी भएको खवर गर्दा स्थानिय निकाय तथा सम्बन्धित ब्यक्तिले बेवास्था गर्ने र बिधुतका कर्मचारीले पनि समयमै फोन नउठाउने गुनासो गरिएको छ । साथै बिधुत सम्बन्धि समस्या समाधान नगर्दा आगलागीको जोखिम बढेको स्थानियको भनाई छ ।


