काठमाडौं। नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ। मंगलबार राति ८ बजेसम्म ३४०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।
मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । दुबै उम्मेदवार राष्ट्रियसभा गृहमा भइरहेको निर्वाचनस्थलमै खटिएर मत मागिरहेका छन् । यस्तै सभापति चयनका लागि कांग्रेसको दोस्रो चरणमा भएको मतदानको गणना मंगलबार राति १० बजेपछि हुने भएको छ ।
राति ८ बजे मतदान सकिने अनुमानसहित १० बजेपछि मतगणना हुने निर्वाचन समितिका सदस्य तेज बहादुर रावलले जानकारी दिए । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदानमा गएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।