काठमाडौं। काँग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप गरिएको छ। निर्वाचन समितिले साढे ११ बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो ।यसअघि ९ बजेसम्मको लागि तय भएकोमा राति १०ः३० बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको छ।
राति साढे १० बजेको सूचनाअनुसार ४ हजार ४०० जनाले मतदान गरेका छन् । निर्वाचन समितिका अनुसार साढे १० बजेपछि मतदानस्थलभित्र प्रवेश गरेकाले मात्रै मत खसाल्न पाउनेछन् । भित्र पसेकाले मत खसालीसकेपछि सभापति पदको मतगणनाका लागि प्रक्रिया अघि बढाइनेछ । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।


