काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय डेढ घण्टा थप भएको छ। केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ।यसअघि ५ बजेसम्मको लागि तय भएकोमा राति ९ बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको हो। राति साढे ८ बजेको सूचनाअनुसार ४ हजार ३७ जनाले मतदान गरेका छन् । निर्वाचन समितिका अनुसार काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।