काठमाडौँ। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि जारी मतदानमा बेलुका ८ बजेसम्म ४ हजारभन्दा बढी मत खसेको छ । निर्वाचन समितिका सदस्य जगन्नाथ श्रेष्ठका अनुसार सभापतिमा ४ हजारभन्दा बढी मत खसेको हो।
उनले भने, सभापतिका लागि ४ हजारभन्दा बढी मतपत्र गइसकेको छ । अब धेरै समय नलाग्ला। १० बजेसम्म मतदान सकिएला । राष्ट्रिय सभागृहको बुथमा १४२४ मत खस्नुपर्नेमा १२ सयभन्दा बढी मत खसिसकेको निर्वाचन समितिका सदस्य उत्तम पन्तले जानकारी दिए । कांग्रेसको १३औं महाधिवेशनका लागि ४ हजार ७ सय ७३ जनाले मत खसाल्दै छन् ।
मतदानमा ढिला भएपछि समितिले राति ९ बजेसम्मको समय थप गरेको हो। निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सोमबार राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको जानकारी दिए । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप र राष्ट्रियसभा गृहमा मतदान भइरहेको छ ।


