काठमाडौं। नेपाली कांग्रेसको नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा सोमबार अपराह्न ४ बजेसम्ममा १,५०० मत खसेको छ ।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमन्डपमा मतदान भइरहेको हो । कांग्रेसको मतदान तीन स्थानमा भइरहेको छ ।
राष्ट्रिय सभागृहमा एक र भृकुटीमन्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ । राष्ट्रियसभाको मतदानस्थलमा मतपत्र सकिएर केही बेर रोकिए पनि निर्वाचन सुुरु भइसकेको निर्वाचन समितिका सदस्य तेजद रावलले जानकारी दिए ।