काठमाडौं। नेकपा एमालेमा फेरि असन्तुष्टि चुलिएको छ। भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले महत्वपूर्ण निर्णय गरेपछि उक्त निर्णयमाथि नेताहरु असन्तुष्ट बनेका हुन्। बैठकले पोलिटब्यूरो, स्थायी कमिटी लगायतका महत्वपूर्ण निकायमा नेताहरु चयन गरेको छ। जिम्मेवारी बाँडफाँड, प्रदेश कमिटीको जिम्मेवारीलगायतको काम एमालेले टुंगो लगाएको हो। केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत भएका छन्।
संशोधन नभई निर्णय हुँदा असन्तुष्टि
बैठकमा प्रस्तुत प्रस्तावरुहमा संसोधन हुनुपर्ने कतिपय नेताहरुले मत राखेका थिए। तर, उक्त प्रस्तावमाथि सोझै निर्णय भएको छ। उपाध्यक्ष सुवास नेम्वाङले नेताहरुले संशोधन हुनुपर्ने भन्दै विचार राखेका बताए। छलफल त पार्टीभित्र स्वभाविक हो। छलफल गर्छौँ अनि निर्णयमा पुग्छौँ, उनले भने। केन्द्रीय कमिटी सदस्य निरज आचार्यले कमिटी गठनमा पक्षपात भएको भन्दै जाजरकोटको इञ्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन्। उनले महासचिवमार्फत ओलीले आफूले जिम्मेवारी अस्वीकार गरेको जानकारी गराएका थिए।
विभिन्न कमिटीहरुमा छानिनेमा ओली निकट नेताहरु अर्थात् एमाले विवाद उत्कर्षमा पुगेका बेला उनलाई साथ दिनेहरुले धेरैजसो ठाउँमा महत्वपूर्ण जिम्मेवारी पाएका छन्। १० बुँदे सहमतिबाट आएका र ओली समूहमै रहेका केही नेताहरुले पनि निर्णयमा अन्याय भएको भन्दै असन्तुष्टि जनाएका छन्। पार्टी कार्यालयको जिम्मेवारीमा रहेका नेता शेरबहादुर तामाङ स्थायी कमिटीमा चयन भएका छन्। उनी अब वाग्मती प्रदेशको सह(इञ्चार्ज र सिन्धुपाल्चोक इञ्चार्जको जिम्मेवारीमा छन्। उनले प्रस्तावहरुमा सोझै निर्णय हुदा नेताहरुका असन्तुष्टि आएको बताए। केही केही साथीहरुका आफ्नो दृष्टिकोण आएका हुन्। प्रस्ताव नै सिधै निर्णय भयो। चलाउन थालियो भने फेरि धेरै चलाउनुपर्ने भो। त्यसैले जुन प्रस्ताव आएको छ त्यो पास भएको छ,उनले भने।
एमालेका नेता महेश बस्नेतले पनि सामाजिक सञ्जालमार्फत् असन्तुष्टि व्यक्त गरेका छन्। एमालेको चितवनमा सम्पन्न १०औँ महाधिवेशनमा उनी सचिव पदका आकांक्षी थिए। तर, महाधिवेशनमा ओलीले प्रस्तुत गरेको सूचीमा अटेनन्। आइतबारको बैठकले उनलाई पोलिटब्यूरोमा चयन गरेको छ। उनले साँझ फेसबुकमा कथा प्रस्तुत गर्दै असन्तुष्टि व्यक्त गरेका हुन्। यस्तै एमालेको सचिवमा पराजित भएका नेता टंक कार्कीले पनि असन्तुष्टि पोखेका छन्। उनले फेसबुकमा माकुराको बच्चाले आफ्नै आमा खान्छन् शीर्षकमा महाभारतको कथा र फ्रेन्च क्रान्तिलाई सम्झाएका छन्।
यस्तो बन्यो स्थायी कमिटी
एमालेको विधानमा ४५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था छ। जसमा १९ जना पदाधिकारी पनि रहनेछन्। बाँकी २६ जना आइतबार चयन भएका छन्। स्थायी कमिटीमै रहेका नेता र केही नयाँलाई थपेर ओलीले स्थायी कमिटी बनाएका हुन्। स्थायी कमिटीमा उपाध्यक्षमा पराजित घनश्याम भुसाल, सचिवमा पराजित भीम आचार्यदेखि पदाधिकारीमा नपरेर केन्द्रीय सदस्यमा मनोनयन नगरिएका लालबाबु पण्डितसमेत परेका छन्। पण्डितलाई केन्द्रीय सदस्यमा मनोनीत गरी स्थायी कमिटीमा तानिएको हो। ९९ सदस्यीय पोलिटब्यूरो गठन भएको छ। ३०१ जनाको केन्द्रीय कमिटी मध्ये एक तिहाइ पोलिटब्यूरो गठन हुने विधानमा उल्लेख छ। जसमा ओली निकट मानिएका नेता गोकुल बास्कोटा, महेश बस्नेत, सूर्य थापा लगायतका नेताहरुको नाम छ।
प्रदेशमा ओली निकटलाई जिम्मेवारी
एमालेका एक नेताका अनुसार ओलीले आफू निकटका नेताहरुलाई प्रदेशमा पनि महत्वपूर्ण जिम्मेवारी दिएका छन्। ७ वटै प्रदेशमा एमालेको केन्द्रीय कमिटीले अध्यक्ष र इञ्चार्ज तोकिएको छ। प्रदेश १ अध्यक्षमा तुलसीप्रसाद न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, वाग्मती प्रदेशमा केशवराज पाण्डे, गण्डकी प्रदेशमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकमार शाह र सुदूरपश्चिममा दामोदर भण्डारी अध्यक्षमा चयन भएका छन्। प्रदेश इञ्चार्जको जिम्मेवारी पाउनेमा पनि ओली निकटकै संख्या धेरै छ। प्रदेश १ मा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मतीमा काशीनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टले जिम्मेवारी पाएका छन्।
जिम्मेवारीमा हेरफेर
ओलीले एमालेका नेताहरुको कार्य विभाजन गरेका छन्। जसमा वरिष्ठ अध्यक्ष ईश्वर पोखरेल नीति अनुसन्धान प्रतिष्ठान, उपाध्यक्ष युवराज ज्ञवाली स्थानीय तह, प्रदेश र संघको जिम्मेवारीमा छन्। यस्तै अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्य राजनीतिक समन्वय विभागमा छन्। उपाध्यक्ष रामबहादुर थापा बादल राष्ट्रिय सुरक्षा, उपाध्यक्ष विष्णु पौडेल पार्टी संगठन अनुगमन, उपाध्यक्ष सुवास नेम्वाङ ससंदीय विभागमा छन्। उपमहासचिवहरु प्रदीप ज्ञवालीले स्कुल विभागको, पृथ्वीसुब्बा गुरुङले प्रचार विभागको, विष्णु रिमालले आर्थिक लेखाको जिम्मेवारी पाएका छन्। सचिव योगेश भट्टराईले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। यसअघि भट्टराई प्रचार विभागमा थिए। कार्यालय सचिवमा भीष्म अधिकारी आएका छन्। यसअघि शेरबहादुर तामाङले कार्यालय सचिवको जिम्मेवारी पाएका थिए। संगठन विभागको जिम्मेवारी खगराज अधिकारीले पाउँदा महासचिव शंकर पोखरेलले समग्र पार्टीको जिम्मेवारी पाएका एमालेका नेताहरुले बताएका छन्।
एमाले स्थायी कमिटी सदस्यहरू
पदाधिकारी वरीयताअनुसार – केपी शर्मा ओली, ईश्वर पोखरेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णुप्रसाद रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल
स्थायी कमिटी सदस्य – घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, डा। राजन भट्टराई, सीता पौडेल, बिन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, डा। शिवमाया तुम्वाहाङ्फे, हिक्मत कार्की
पोलिटब्युरो सदस्य (पदाधिकारी र स्थायी कमिटीबाहेक)
देवी ज्ञवाली, गोकुल बाँस्कोटा, महेश बस्नेत, अरुण नेपाल, आनन्द पोखरेल, परशुराम मेघी गुरुङ, पुरुषोत्तम पौडेल, जगत विक, लीला गिरी, बालकृष्ण ढुंगेल, कमल चौलागाईं, ईश्वरबहादुर रिजाल, विनोद श्रेष्ठ, जितु गौतम, रामदयाल मण्डल, सुमन प्याकुरेल, भैरवसुन्दर श्रेष्ठ, दलबहादुर राना, खेममान खड्का, गोकुल घर्ती, टुकराज सिग्देल, लीलानाथ श्रेष्ठ, वैजनाथ चौधरी, सूर्य थापा, नारदमुनि राना, राजेन्द्र रावल, लीलबहादुर थापा मगर, सुशीला नेपाल, मना केसी, ज्वालाकुमारी साह, पार्वत गुरुङ, सुजीता शाक्य, मञ्जु चौधरी, मोहन बानियाँ, गणेश ठगुन्ना, अच्युत मैनाली, खिमलाल भट्टराई, ठाकुर गैरे, देवेन्द्र दाहाल, विशाल भट्टराई, दधिराम नेउपाने, रामेश्वर फुयाँल , गौरी ओली, निरुदेवी पाल, तिलक मेयाङ्बो , जुलीकुमारी महतो, विमला घिमिरे, गुलाबजंग शाह, शान्ता चौधरी, लीलाकुमारी भण्डारी, सीता गिरी वली, नरुलाल चौधरी, कृष्णबहादुर राई, लक्ष्मी पोखरेल
केन्द्रीय समितिमा मनोनीतहरू
दल फडेरा, मानवीर राई, ऐन महर, चन्द्रमोहन गौचन, रतननाथ योगी, रमेश पौडेल, पदम गिरी, सूर्य पाठक, यज्ञबहादुर बोगटी, हरि घिमिरे, युवराज बाँस्कोटा, विशाल भट्टराई, उद्धव रेग्मी, बद्री न्यौपाने, रूपनारायण श्रेष्ठ, प्रेम दंगाल, हरिकृष्ण व्यञ्जनकार, सुवास देवकोटा, भीम केसी, लालबाबु पण्डित, इन्दिरा गौतम, सरस्वती चौधरी, यमुना रोका, उमा कोइराला, कल्पना चापागाईं, आशा विक, नैनकला ओझा, मन्जु गुरुङ, विमला अर्याल, इन्दिरा सन्जेल, गीता कार्की, शान्ति अधिकारी, रुक्मिणी राना, सविता यादव, तारादेवी गुरुङ, विषमलाल अधिकारी, रेशम लामा, दुर्गा प्रसाईं, गोविन्द दुवाल, सहदेव बोटी, बालसिंह काउछा, कृष्ण केसी, चन्द्रबहादुर विश्वकर्मा
विभाग
केपी ओली – समग्र पार्टी, ईश्वर पोखरेल स् नीति अनुसन्धान प्रतिष्ठान, युवराज ज्ञवाली स् स्थानीय, तह प्रदेश र संघ, अष्टलक्ष्मी शाक्य स् राजनीतिक समन्वय, रामबहादुर थापा बादल स् राष्ट्रिय सुरक्षा, विष्णु पौडेल स् पार्टी संगठन अनुगमन, सुवास नेम्वाङ स् ससदीय अनुगमन, सुरेन्द्र पाण्डे स् राजकीय मामिलाको जिम्मेवारी, महासचिव स् समग्र पार्टी, प्रदीप ज्ञवाली स् स्कुल विभाग, पृथ्वीसुब्बा गुरुङ – प्रचार विभाग, विष्णु रिमाल स् आर्थिक लेखालगायत, योगेश भट्टराई स् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख, खगराज अधिकारी स् संगठन विभाग, भीष्म अधिकारी स् कार्यालय सचिव, अमृतकुमार बोहोराः केन्द्रीय सल्लाहकार परिषद्
प्रदेश इन्चार्ज
प्रदेश १ इन्चार्ज – स्थायी कमिटी सदस्य देवराज घिमिरे, प्रदेश २ इन्चार्ज -सचिव रघुवीर महासेठ, बागमती प्रदेश इन्चार्ज – स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गण्डकी प्रदेश इन्चार्ज – सचिव पद्मा अर्याल, लुम्बिनी प्रदेश इन्चार्ज – सचिव छविलाल विश्वकर्मा, कर्णाली प्रदेश इन्चार्ज – स्थायी कमिटी सदस्य यामलाल कँडेल र सुदूरपश्चि प्रदेश इन्चार्ज -लेखराज भट्ट
प्रदेश पदाधिकारी
एमालेले सातवटै प्रदेश कमिटीमा पदाधिकारी चयन गरेको छ । प्रदेश १ मा अध्यक्षमा तुलसी न्यौपाने, उपाध्यक्षमा टीका चेम्जोङ, सचिवमा चिन्तन पाठक, उपसचिवमा धन तामाङ र शैलेश लामा, प्रदेश २ को अध्यक्षमा रामअवतार यादव, उपाध्यक्षमा रेवती पन्त, सचिवमा डा। कृष्ण पौडेल, उपसचिवमा फर्मुद नदाव र आरती भण्डारी चयन भएका छन् । बाग्मती प्रदेशको अध्यक्षमा केशवराज पाण्डे, उपाध्यक्षमा रामहरि सुवेदी, सचिवमा विजय सुवेदी, उपसचिवमा महेश बर्तौला र रत्न गुरूङ, गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा, उपाध्यक्षमा मोहन रेग्मी, सचिवमा धनञ्जय दवाडी, उपसचिवमा मञ्जु अधिकारी र रश्मी आचार्य, लुम्बिनी प्रदेशमा अध्यक्षमा राधाकृष्ण कँडेल, उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ, सचिवमा लक्ष्मण आचार्य, उपसचिवमा लीला राना र दुर्गा थारू चयन भएका छन् । कर्णाली प्रदेश अध्यक्ष विनोद शाह, उपाध्यक्षमा लालबहादुर महतारा, सचिवमा कमल शाही, उपसचिवमा रूपा शाही र टेकराज पछाई, सुदूरपश्चिम प्रदेशको अध्यक्ष दामोदर भण्डारी, उपाध्यक्षमा कमल तिमल्सिना, सचिवमा धर्मराज पाठक, उपसचिवमा बलदेव रेग्मी र भगिरथी विष्ट चयन भएका छन् ।