धनगढी। एकजना धनगढी उमाविमा कानुन संकाय पढ्ने भाइ प्रविन चन्दले मलाइ सोधे, दाइ तपाइ त विद्यार्थी संगठनमा काम गर्नुहुदो (आवद्ध) रहेछ, विद्यार्थी संगठनले त विद्यार्थी संग सम्बन्धित काम धेरै गर्छन रे तपाइहरु गर्नुहुदैन र ? मैले गर्छौ नी भाइ कीन नगर्नु हामीले मुख्यगरी विद्यार्थीसंग सम्बन्धित कामहरु नै गर्छौ त्यसपछि अन्य आर्थिक सामाजिक राजनैतिक कामहरु गर्छौ भनेर सजिलै जवाफ दिए।
भाइले फेरी सोध्यो तपाइहरुले खासगरि के के काम गर्नुहुन्छ दाइ ? तिमीले भनेजस्तै विद्यार्थीसँग सम्बन्धित धेरैकाम गर्छौ, विद्यार्थीका हक अधिकारका लागि आवाज उठाउछौ, सहयोग गर्नुपर्ने ठाउमा हामीले सक्ने आर्थिक भौतिक नैतिक सबै सहयोग पनि गर्छौ । यति भन्दैगर्दा मैले आफु जोडिएको संगठनलाइ सम्झे म जोडिएको संगठनले मैले भनेका काम गरेको छ त ? मैले आफैलाइ प्रश्नपनि गरे । तर जवाफ पाइन । भाइले फेरी उत्सुक हुदै सोध्यो खासगरी केके काम प्राथमिता हुनुपर्ने हो दाइ विध्यार्थी संगठनको ? तपाइहरुले के कामलाइ प्राथमितामा राख्नुभाको छ? मैलेपनि उत्तर दिए विध्यार्थी पनि यसै समाजका सदस्य हुन भाइ तिमीलाइ थाहै छ की समाजका सदस्य मात्र नभै देशका भविष्य पनि हुन विध्यार्थी।
उनिहरुका थुप्रै समस्या हुन्छन, ति समस्याका कारण कतिपयले पढाइ राम्रोसंग गर्न पाउदैनन, पढ्न पाएकाले गुणस्तरीय शिक्षा पाउदैनन, तिनलाइ कसरी स्कुल कलेजसम्म पुगाउने र गुणस्तरिय शिक्षाको पहुचमा पुगाउने भन्ने उपायको खोजी गर्छ र गर्नुपर्छ संगठनले । गुणस्तरिय शिक्षाले मात्र हुदैन विध्यार्थी सम्भावनाको खानी हुन्छ प्रतिभा र क्षमताको सम्भावना हुन्छ त्यसलाइ सबैसामु ल्याउन पनि नसकेका कारण पछि परिरहेका हुन्छन त्यसलाइ कसरी सबैसामु ल्याउने कसरी चिनाउने र उसको व्यक्तित्व विकास र हौसला प्रदान गर्ने भन्ने विषयमा संगठनले विभिन्न कार्यक्रम गरि उसमा थप उर्जा भरेर सुन्दर भविष्य निर्माण संगै उसको चाहान पुरागर्ने बाटो देखाइदिनु पर्छ। भाइले फेरी सोधे गर्नु पर्छ की दाइ गर्नुहुन्छ ? की गर्छौ भन्नुहंन्छ ? खास यसको जवाफ चै कस्तो आउछ ? आजसम्म मैले आन्दोलन गरेको बाहेक केहि देखेको छैन तपाइहरुले त दाइ ? यो प्रश्न ले फेरी मलाइ संगठन, संगठनका साथीहरु र परिस्थितिलाइ सम्झीन वाध्य बनायो।
यो आम प्रश्नपनि हो, गम्भीर प्रश्नपनि हो र यथार्थ प्रश्नपनि हो। अहिलेको विध्यार्थी राजनितिकोलागि चोटिलो प्रश्नपनि हो। मैले बडो गम्भीर भएर उत्तर दिए । हेर भाइ यसमा तिम्रा दुइतिन वटा प्रश्न छन पहिलो प्रश्नको उत्तर हो हामी गर्छौ जरुर गर्छौ दोस्रो पनि त्यहि हो, म गर्छु हामी गर्छौ र गर्नुपर्छ संगठनमा जोडिएपछि, अब तेस्रो प्रश्नको उत्तर के छ भने विध्यार्थी र विध्यार्थी संगठनमा आवद्ध साथीहरु समाज परिवर्तनका वाहक पनि हुन असल समाज र देश निर्माणका लागिपनि कहिलेकाही आन्दोलन गर्न जरुरी छ तर समय परिस्थिति र स्थिति हेरेर । तर यहा के भैरहेको छ भने संगठनको नाममा समय परिस्थिति र स्थिती भन्दा बाहिर गएर भाइले भनेजस्तै सबैकुरामा आन्दोलनमा विध्यार्थीको प्रयोग भैरहेको छ जुन गलत हो । गलतलाइ गलत भन्नुपर्छ र गलत गर्नेले यसलाइ स्विकार गर्नुपर्छ । जानेर वा नजानेर गरिएको गलतलाइ सच्याउनै पर्छ यदि सच्चियन भने त्यसको एक समय आएपछि समाप्ति हुन्छ ।
यसरी गलत गरिएको भनेको व्यक्तिका स्वार्थका कारण हो तर संगठनको सिद्धान्तले त्यो गलत गर भन्दैन । त्यो व्यक्तिमा भरपर्ने कुरा हो। खासगरी नेतृत्वमा बस्ने व्यक्तिमा निर्भर गर्छ । व्यक्तिगत कुरा गर्ने हो भने त धेरैले राम्रो गरेका उदाहरणहरु पनि छन नराम्रा उदाहरण पनि छन । कुनै कुनै बेलामा हामीले आसा गरिएका र धेरै विश्वास गरिएका व्यक्तिबाट खराब नतिजा पनि आइदिन्छ त कैले आसै नगरेका व्यक्तिवाट राम्रोकाम भएको हुन्छ । यो विध्यर्थी संगठनमा मात्र होइन हरेक क्षेत्रमा देखिने एक खालको समस्या नै हो। विध्यार्थी संगठनका लागि प्रविन भाइले गरेका प्रश्नहरु नै प्रयाप्त छन । इ भन्दा धेरै सोधीने प्रश्नपनि छैनन होला जस्तो लाग्छ। माथी उल्लिखित उत्तरहरुपनि विध्यार्थी संगठनमा जोडिएका व्यक्तिले प्राय दिने उत्तर हुन । तर व्यवहारमा कत्तिको लागु गर्छन भन्ने आम प्रश्न हामीमाझ अझै छदैछ। हुन त संगठनमा आवद्ध विध्यार्थी पनि आम विध्यार्थी जस्तै अनेक परिस्थीतिबाट गुज्रीएर आएका हुन्छन।
उनिहरुका पनि आफ्ना बाध्यता र समस्याहरु हुन्छन । यसका बाबजुत पनि उनिहरुको नेतृतूव गर्ने चाहाना, सेवा गर्ने चाहाना अथवा अन्य कुनै सोचले संगठन संग जोडिन पुग्छन र आफ्नो विवेकले भ्याएको र नेतृत्वले गरेको प्रशिक्षणले र त्यसठाउको वातावरण हेरेर व्यवहार गर्छन । खास विध्यार्थीका समस्या पनि उनिहरुलाइ थाहा छ तर परिस्थितिले मनस्थितिमा प्रभाव पारेको देखिएको छ। कतिपयले त नबुझी पछि दौडिएको र कुनै पदमा बस्ने रहर गरेको पनि देखिन्छ । नेतृत्वले आफ्ना स्वार्थका निम्ती विध्यार्थीको भरपुर उपयोग गर्ने गरेको पाइएको छ । त्यहि विध्यार्थी पछि गएर त्यहि नेतृत्व गर्ने र त्यहिकुरा दोहोर्याउने गरेको पाइएको छ । ठ्याक्कै यहिनिर हो हामीले विध्यार्थी संगठनलाइ सुधार गर्नुपर्ने । विध्यार्थीहरुले विध्यार्थीका समस्या समाधान, विध्यार्थीका क्षमता, प्रतिभाहरुको पहिचान र प्रदर्शन हौसला र प्रशिक्षण गराइ असल कुशल विध्यार्थी बनाउन ध्यान दिनुपर्छ । जुन क्षेत्रमा विध्यार्थीको रुचि छ त्यसलाइ त्यहि ठाउमा अगाडि बढ्न प्रोत्साहन गर्ने नेपालको शिक्षा प्रणालीको पनि सुधार जरुरी देखिन्छ । यसमा पनि संगठनहरुको भुमीका हुनुपर्ने देखिन्छ ।
हिजो थुप्रै परिवर्तनहरुका लागि आन्दोन गरिएको इतिहास छ । जहा विध्यार्थी संगठन मात्र नभै थुप्रै पेसागत संगठनको अहम भुमिका रह्यो जुन प्रशंसा योग्य छ। अबका आन्दोलन विकास र सम्वृद्धी शान्तिका लागी हुनु जरुरी छ । पेसागत संगठनहरुले आफ्नो आन्दोलनको शैलि बदलेर बिगत भन्दा फरक तरिकाले समय र परिस्थिति अनुसार चल्न सके यसको अत्यन्त महत्व जीवन्त रहने छ । तर विगतकै परिवर्तनका आन्दोनकै पठाबाट अगाडि बढ्ने कुनै सुधार न ल्याउने हो भने यसको कुनै औचित्य रहने छैन । यसको विकल्पका आवाज झन जन उठ्दै जानेछन । यसका निम्ति तपाइ हामीले नै पहल थाल्न जरुरी छ।
यमराज जोशी
विध्यार्थी नेता (अनेरास्ववियु)


