अछाम। नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री डाक्टर भिम रावलले जनताको मतको सधैं कदर गरिरहने बताएका छन्।अछामको मेल्लेख गाउँपालिका संगठन कमिटीका अध्यक्ष केशार बहादुर साउँद अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
आफुले जनताले दिएको मतको कहिल्यै अवमूल्यन नगरेको र जनताले दिएको मतको जहिल्यै सम्मान गरेको बताए। उनले प्रतिनिधि सभा विघटन गर्न पाईदैन भनेर आफू लडे पनि त्यो पूरा हुन नसकेको भने। आफुले पार्टी मिलाउनका लागि १० बुदे सहमतिको खाका तयार भए पनि त्यसको कार्यान्वयन नभएका कारण पार्टीमा फुटको अवस्था आएको जानकारी दिए । पार्टी अध्यक्ष केपि शर्माओलिलाई आफुले बारम्बार गुटबन्दी नगर्न आग्रह गरेको बताए।
डाक्टर रावलले पार्टीलाई अगाडि बढाउन आफुले सधैं सकारात्मक भुमिका खेली रहेको र भरखरै चितवनमा भएको पार्टीको १० औं महाधिवेशनमा ठुलो चलखेल भएको छ उनले भने। आफुले पार्टी अध्यक्षको चुनावमा हारे पनि मनोबल उच्च रहेको बताउँदै उनले मत परिणाममा आफुले हारे पनि नैतिकताका आधारमा आफ्नो जीत भएको भने। नेता रावलले अन्यायमा परेका, दमनमा परेका, पीडित जनताका लागि आफू सधैं लागि रहेको बताउनु भयो।
यस्तै उनले आफू आगामी दिनमा पनि जनता साथमा रहेरै काम गर्ने बताएका छन् । यस्तै अगुवा कार्यकर्ता भेलामा केन्द्रीय अनुसन्धान कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द बिशिस्ट अतिथि रहेका थिए । अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले लोभ देखाउने पार्टीको पछि नलाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुर्य चिन्हबाट चुनाव जितेर गएकाहरु समाजवादको झुठो नारा देखाएर गाउँगाउँमा पस्ने गरेको बताए। उनले आगामी निर्वाचनमा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ। उनले पार्टीसंगसंगै विकास निर्माणका कामहरुलाई पनि निरन्तरता दिनु पर्ने बताए।
अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम बहादुर बुढा, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य प्रकश शाह, पशुपति कुँवर, जयन्द्र कुँवर, प्रेम बहादुर महर, साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका कोषाध्यक्ष कृष्ण बहादुर बिक, युवा संघका दिपक कुँवर, अनेरास्ववियुका नरेन्द्र खड्का, महिला संघका कमल देवि ताम्राकार लगाएतले मन्तव्य राख्नु भएको थियो। नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी उपसचिव चन्द्रा देवि बुढाले स्वागत मन्तव्य राख्नु भएको अगुवा कार्यकर्ता भेलाको संचालन नेकपा एमाले मेल्लेख गाउँपालिका कमिटी सचिव सुरेन्द्र साउँदले गर्नु भएको थियो।

