धनगढी। नेकपा एमालेले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा दामोदार भण्डारी मनोनित भएका छन् । यस्तै उपाध्यक्षमा कमल तिमिल्सेना, सचिवमा धर्मराज पाठक र उपसचिवमा बलदेव रेग्मी र भागरथी विष्टलाई प्रस्ताव गर्ने निर्णय गरेको छ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरि सबै प्रदेशमा नियुक्त गरेको हो। हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुनेछ । बैठकले ७ भौगोलिक प्रदेश र एक गैरभौगोलिक गरी ८ प्रदेशका लागि पदाधिकारी तोकेको हो । आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार प्रदेश-१ को अध्यक्षमा तुलसी न्यौपाने, २ को अध्यक्षमा रामअवतार यादव, बागमतीको अध्यक्षमा केशवराज पाण्डे, गण्डकीको नवराज शर्मा, लुम्बिनीको अध्यक्षमा राधाकृष्ण कँडेल, कर्णालीको विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेश अध्यक्षमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ । उपत्यका विशेष अध्यक्षमा प्रेम पराजुलीलाई प्रस्ताव गरिएको छ ।यस्तो छ सूची
सुदूरपश्चिम-अध्यक्ष-दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव- बलदेव रेग्मी
सहसचिव -भागिरथी विष्ट
प्रदेश नम्बर १-अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा
प्रदेश नम्बर २-अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा। कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी
बागमती प्रदेश-अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरी सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला
गण्डकी-अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव (धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मी आचार्य
लुम्बिनी-अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु
कर्णाली-अध्यक्ष-विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव- रुपा शाही
सहसचिव-टेकराज पछाइ
उपत्यका विशेष-अध्यक्ष-प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सचिव – समिर नेपाल
सहसचिव-उर्मिला सुनुवार
सहसचिव -चन्द्र रिजाल


