धनगढी। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष चयन गर्न बन्दसत्र सुरु भएको छ । शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका बन्दसत्र सुरु भएको नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीले जानकारी दिए।
शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका सर्वसम्मत् रुपमा चालिएको र त्यसकालागि गृहकार्य सुरु भएको जनाइएको छ। माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रमेश धामीका अनुसार प्रदेश अध्यक्ष पद छान्नकालागि सहमति खोज्ने प्रयास जारीरहेको उनले जानकारी दिए, ‘ उनले नेतृत्वका लागि आकांक्षीहरु भएपनी अहिलेसम्म कसैको दाबी नपरेको बताए । उनले भने, बन्दसत्र सुरु भयो । बन्दसत्रमै राजनितीक बहस तथा छलफल हुन्छ । बहस तथा छलफल गरेरे मात्रै त्यसपछि नेतृत्व चयन तथा अध्यक्ष छनोटका लागी प्रक्रिया अघि बढ्छ।
सहमति वा लोकतान्त्रिक विधिअनुसार निर्वाचनमा गएर नेतृत्व चयन गरिन्छ उनले भने । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट ९ पदाधिकारी सहित २२३ जनाको प्रदेश कमिटी चयन हुनेछ ।अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष गरी ९ जना पदाधिकारी सहित २२३ जना प्रदेश कमिटी चयन हुने जनाइएको छ । त्यसबाहेक १० प्रतिशत सदस्य मनोनित गरिने छ ।