काठमाडौं। काँग्रेस सभापति शेरबहादुर देउवाले अर्को कार्यकालका लागि चुनाव लड्न आफ्नो टीम फाइनल गरेका छन् । बालुवाटारमा बसेको देउवा पक्षको बैठकले उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
यस्तै महामन्त्रीमा प्रदीप पौडेल र प्रकाशशरण महतको नाम फाइनल भएको छ। देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला हुनेछन्।
यसैगरी देउवा टीमबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महिन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार रहने भएका छन् । यस्तै पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुंगो लागेको एक नेताले जानकारी दिए ।


