काठमाडौं। नेपाली कांग्रेसका सभापतिका उम्मेदवार शेखर कोइरालाको टिमबाट डा.मिनेन्द्र रिजाल र गगनकुमार थापा महामन्त्रीको उम्मेदवार बन्ने भएका छन् । रामचन्द्र पौडेल सभापतिको उम्मेदवार नबन्ने भएपछि यो समूहका नेताहरुले शेखर कोइरालाको नेतृत्वमा टिम बनाएको छ।
महामन्त्रीमा विश्वप्रकाश शर्मालाई ल्याएर डा.रिजाललाई उपसभापतिमा लैजाने छलफल पनि भएको थियो ।तर डा। रिजाल र थापा नै महामन्त्रीको उम्मेदवार तय भएको एक नेताले जानकारी दिए । उनका अनुसार अरु पदाधिकारी र केन्द्रीय सदस्यहरुको टिम बनाउने काम भइरहेको छ ।