धनगढी। नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलन धनगढीमा सुरु हुँदैछ। धनगढीको रिद्धीसिद्धी प्लालेसमा हुन लागेको सम्मेलनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट दिउँसो १ बजे उद्धघाटन गर्ने कार्यक्रम रहेको छ।नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको जनाइएको छ।अहिले नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनमा नेता तथा कार्यकर्ताहरु आउने क्रम जारी रहेको छ । मञ्च व्यवस्थापन, ब्यानर, सम्मेलन प्रस्थान गर्ने स्थान धनगढीको निर्माण ब्यवसायी गेट हुँदै मञ्च स्थलसम्म झण्डा स्टिकर, पम्प्लेट तथा पम्पलेट टाँसिएका छन्।
बन्द सत्रबाट २२३ जनाको कमिटी निर्माण गर्ने र पछि १० प्रतिशत थप गरेर कमिटीलाई पूर्णता दिने जनाइएको छ । महिला ३५ प्रतिशत, युवा २० प्रतिशत दलित १५ प्रतिशत सहितको समावेशी कमिटी निर्माण गरेर सम्मेलन सम्पन्न हुने नेकपा माओवादी केन्द्रले जनाएको छ।